इराकमा आईएसका सात जना मारिए

इराकको उत्तरी प्रान्त किर्कुकमा सेनाको कारवाहीमा इस्लामिक स्टेट (आईएस) समूहका सात जना मारिएका छन्। इराकी सेनाका अनुसार गुप्तचर रिपोर्टका आधारमा गरिएको सैन्य कारवाहीमा आईएसका सात सदस्य मारिएको हो।

आईएसको पकड मानिएको क्षेत्रमा सेनाको हवाइ आक्रमणबाट ती लडाकु मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। राजधानी बगदादको उत्तरी क्षेत्रमा रहेको पहाडी इलाकामा आतंकवादीहरुले आफ्ना गतिविधि केन्द्रीत गरेका थिए।

सेनाले लामो समयदेखि कारवाहीका लागि तयारी गरीरहेको बताइएको छ। अमेरिकी सेनाको कारवाही तीव्र भएपछि सने २०१७ देखि इराकमा सो समूहरुको प्रभाव कमजोर रहेको बताइएको थियो।

अन्य सम्बन्धित समाचार:  पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह