पश्चिमी वायु सक्रिय, मौसम बदली हुने

काठमाडाैं। नेपालमा फेरि पश्चिमी वायुको आंशिक प्रभाव देखिएकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको संभावना रहेको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ। प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राती देशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

अन्य सम्बन्धित समाचार:  म्यानमारमा नरसंहार बन्द गर्न माग गर्दै नेपालमा पनि प्रदर्शन