सिरहा। सिरहामा बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन्।
जिल्लाको कर्जन्हा नगरपालिका ४ बस्तिपुरमा बिग्रिएर सडकमा रोकीराखेको ना ६ ख ११ १० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको बस गएराति पौने १२ बजे ठोक्किएको थियो ।घाईते १३ जनामध्ये घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
ट्रक चालक फरार रहेकाले खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ।