बाबुराम भट्टराई अस्पताल भर्ना

उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको उनको सचिवालयले जनाएको छ।

ललितपुरको निदान अस्पतालमा गरिएको परिक्षणमा पूर्वधानमन्त्रीसमेत रहेका डा. भट्टराईको पेटमा ट्युमर आशंका गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्चमा आक्रमण, बीचमै छोडेर हिँडे