श्रीमती हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

सामूहिक

झापा। झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ५५ वर्षीय सरे राई पक्राउ परेका हुन्।

राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीको हत्या गरेपछि उनी फरार भएका थिए।

बाघखोर प्रहरी चौकी र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका–२ मा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ। प्रहरीका अनुसार पक्राउ परेका राईमाथि थप अनुसनधान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ