अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु

काठमाडौं। अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ। भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान शुरु भएको हो। अफगान सरकारका अनुसार उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइने छ।

राष्ट्रपति अश्रफ घानीले खोप अभियान शुरु गर्दै पहिलो चरणको खोप अभियान शुरु भएको र यो अफगानी जनताका लागि ठूलो अवसर रहेको बताए। अफगानिस्तानमा करिब ५५ हजार ६०० व्यक्ति कोरोना संक्रमित भएका र तीमध्ये दुई हजार ४३० जनाको मृत्यु भएको थियो।

अन्य सम्बन्धित समाचार:  बाटो बिराएकालाई फर्कन प्रचण्ड–माधव समुहको आग्रह