मन्त्रिपरिषद् बैठक: विप्लव पक्षबारे छलफल

काठमाडौं। मन्त्रिपरिषद्को बैठकमा प्रतिबन्धित विप्लव पक्षबारे छलफल भएको छ।  २०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको विप्लव पक्षलाई शान्तिपूर्ण राजनीतिमा फर्काउनेबारे छलफल भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले बताए।

“विप्लव पक्षबारे छलफल भयो। एक–दुई दिनभित्रै वार्ता आह्वान होला । त्यसका लागि सरकारले वातावरण पनि बनाउँला,” उनले भने, “अरू नियमित एजेन्डामा छलफल भयो।”

अन्य सम्बन्धित समाचार:  राजीनामा दिन्नँ, केपी ओलीलाई हटाएर देखाउनुस्: प्रधानमन्त्री ओली