पतिको हत्या गर्ने पत्नी पक्राउ

पाैने

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटका २९ वर्षीय पति ओमबहादुर चौधरीमाथि फरुवा प्रहार गरी हत्या गरेको अभियोगमा २७ वर्षीया बसन्ती चौधरीलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ।

बसन्तीले पतिलाई मारेको भनी आफैं जानकारी गराएपश्चात ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्डले अदालतमा पेस गरेका मुख्य पाँच बुँदा