कोइला खानीमा पुरिएर एक जनाको मृत्यु

माेटरसाइकल

दाङ। दाङस्थित कोइला खानीमा काम गर्ने एक जना मजदुरको खानी भित्रै पुरिएर मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१९ राम्चेस्थित कोइला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर मजदुरको मृत्यु भएको जनाइएको छ।

घोराही उपमहानगरपालिका–१९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिकको मेत्यु भएको हो। बिकको कोइला निकाल्ने क्रममा पुरिएर सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै