प्रधानमन्त्री ओलीले मनाए ७० औं जन्मदिन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७० औं जन्मदिन मनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन्।

प्रधानमन्त्री निजी सचिवालयका अनुसार ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएका थिए। प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन्। गत वर्ष ओलीले ६९ औं जन्मदिन जन्मघर तेह्रथुममा मनाएका थिए।

अन्य सम्बन्धित समाचार:  राजीनामा दिन्नँ, केपी ओलीलाई हटाएर देखाउनुस्: प्रधानमन्त्री ओली