संसद् पुनःस्थापना भए आकाश खस्छ, पृथ्वी भासिन्छः टोपबहादुर

काठमाडौं। ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद् ‘९९.९ प्रतिशत पुनःस्थापना हुने सम्भावना नभएको’ बताए। आज राजधानीमा युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले संसद् विघटन अग्रगामी र प्रगतिशील कदम भए को पनि जानकारी दिएका छन्।

मन्त्री रायमाझीले संसद् पुनःस्थापनाको कुरा गरेर जनतामा विश्वास नगर्नु यथास्थितिवादी, प्रतिगामी चिन्तन भएको बताए। ओली पक्षका स्थायी कमिटी सदस्यसमेत रहेका रायमाझीले जनताप्रति विश्वास नभएर नेपाली कांग्रेस ढुलमुल भइरहेको आरोप लगाएका छन्। यदि, संसद् पुनःस्थापना भए पनि आकाश खस्छने र पृथ्वी भासिने उनले बताए। संसद् पुनःस्थापना भए पनि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने जिकिर गरे।

अन्य सम्बन्धित समाचार:  दलहरुबीच समझदारी हुन्छ: सभामुख