काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ।
हाल १ हजार ५३३ सक्रिय संक्रमित रहेका छन्। आज थप १०२ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ६८ रहेको छ। यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।