दश लाख नगदसहित दुई महिला पक्राउ

सप्तरी। सप्तरीमा स्रोत नखुलेको दश लाख नगदसहित दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट दश लाख रुपैयाँ बरामद भएको र उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेका कारण बरामद रकमसहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम