नेपालमा पार्टी भन्न लायक हाम्रो मात्रै होः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पार्टी भन्न लायक पार्टी आफ्नो मात्र भएको बताएका छन्। आज आफू निकट युवा संघ नेपालको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘अहिले नेपालमा पार्टी भन्न लायक हाम्रो पार्टी (नेकपा) मात्रै हो। अढाई महिना अगाडि सम्म हाम्रो पार्टी पनि अरुको जस्तै थियो मारामार १ हामी यस्ता रोगबाट मुक्त हुनुपर्छ। अरु पार्टीमा नेतृत्वमा मारामार छ’।

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको पार्टी फोहोरको डङ्गुर भएकाले युवाहरले मोरीको संगत गर्नुपर्ने जानकारी दिए। उनले आफ्नो पार्टीलाई मौरीको घारको संज्ञा दिएका छन्। प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना भए प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्ने बताए। उनले संसद पुनःस्थापना भए प्रचण्ड–नेपालको प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताए।

अन्य सम्बन्धित समाचार:  औद्योगिक पार्क शिलान्यास गर्न झापा गए प्रधानमन्त्री ओली