श्रीमती हत्या आरोपमा एक जना पक्राउ

पाैने

झापा। दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा ५५ वर्षीय सरे राईलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ। शरणार्थी शिविर सेक्टर डी ४ छाप्रा नं २९ बस्ने तामाङले मादक पदार्थ सेवन गरेर कुटपिट गरी ४९ वर्षीया विष्णुमाया तामाङको हत्या गरेको बताइएको छ।

श्रीमतीको हत्या गरी फरार उनलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनलाई प्रहरीले दमक नगरपालिका–२ स्थित एकघरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो। अभियक्त तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  दलितले छोएको दही खाएको निहुँमा बहिष्करणमा परेकालाई न्याय दिन आयोगको निर्देशन