प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै आउने

काठमाडौं। प्रतिनिधि सभा विघटनसम्बन्धी आजै मुद्दाको फैसला आउने भएको छ। गत शुक्रबार एमिकस क्युरीका सदस्य गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी संवैधानिक इजलास भित्रै रहेको बताइएको छ। यस्तै, अदालत परिसरमा कडा सुरक्षाको व्यवस्था गरिएको छ।

अन्य सम्बन्धित समाचार:  ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै