जनताको जित भयोः प्रचण्ड

काठमाडौै। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनस्र्थापना हुँदा नेपाली जनताको जित भएको जानकारी दिएका छन्।

सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय सुनाए लगत्तै प्रचण्डले जनताको जित भएको बताएका हुन्। यो निर्णयले संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको प्रचण्डले जनाए। ‘अदालतको फैसलाले नेपाली जनताको जित भएको छ’, प्रचण्डले भने, ‘यो निर्णयले संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको छ।’

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ गर्दै सार्वोच्चले पनुस्र्थापनाको निर्णय सुनाएको हो।

अन्य सम्बन्धित समाचार:  अध्यादेश फेल गर्ने हिम्मत छ कसैको?: प्रधानमन्त्री ओली