‘हामी प्रधानमन्त्रीको बर्थ डे मा छौ, फैसलाबारे थाहा छैन’:  नेम्वाङ

काठमाडौं। नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे थाहा नभएको बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि नेम्वाङले भने, ‘हामी अहिले प्रधानमन्त्रीको वर्थ डे मनाइरहेका छौ। केही थाहा पाइसकेका छैनौ। केहीबेरपछि कुरा गरौला।’

नेम्वाङ प्रतिनिधिसभा विघटनको पक्षमा थिए। ओलीले आज ७० औं जन्म दिवस मनाउँदैछन्।

अन्य सम्बन्धित समाचार:  प्रचण्डको पत्रको कुनै औचित्य छैनः भट्टराई