संविधान विरुद्ध षडयन्त्र गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज भयोः गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले संविधान विरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दुस्साहस खारेज भएको बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने फैसला सुनाएपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

उनले भने, अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।

अन्य सम्बन्धित समाचार:  महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छः नेता चन्द्र भण्डारी