काठमाडौं। पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले पुनस्र्थापना गरेर नेपाली भष्मासुरको बध गरेर लोकतन्त्रको रक्षा गरेको बताएका छन्।
दिल्लीमा उपचार गराइरहेका बाबुरामले प्रतिनिधिसभा पुनस्र्थापनापछि यस्तो बताएका हुन्। उनले यो खबर सुन्दा रोगै हराए झैँ भएको प्रतिक्रियासमेत दिएक छन्।
बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘कस्तो सुखद संयोग। अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो’ हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो।’