प्रचण्डको ओलीलाई चेतावनीः लाज छ भने तत्काल राजीनामा दिनुस्

चितवन। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन सुझाएका छन्। चितवनमा रहेका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले कार्यकर्ता भेला गर्दै प्रधानमन्त्री ओलीलाई तत्काल कुर्ची छोड्न चेतावनी दिएका छन्।

तपाईंले चालेका गलत कदमका कारणले जनतामा २ महिनासम्म ठूलो पीडा र आवेग उत्पन्न भयो,ु प्रचण्डले ओलीतर्फ इंगित गर्दै भने, अलिकति पनि नैतिकता र लाज छ भने राजीनामा दिनुस् । होइन भने तपाईंलाई इतिहासको कुडाकर्कटमा मिल्क्याइने छ ।ु

उनले चितवनमा बुधवार हुने भनिएको विरोध सभा विजय प्रदर्शनका रूपमा हुने जानकारी दिए। देशभर रहेका आफ्ना नेता तथा कार्यकर्तालाई प्रचण्डले जो जहाँ छ त्यहीं विजय र्याली गर्न अनुरोधसमेत गरेका छन्। प्रचण्डले सदन विघटन गर्ने कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भन्ने सबै दल र कार्यकर्तालाई समेत धन्यवाद दिए।

अन्य सम्बन्धित समाचार:  नेकपा ओली पक्षको स्थायी समिति बैठक बस्दै