च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको छ।
गएराति अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिकोलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो।
चेल्सीको जितमा एकमात्र निर्णायक गोल खेलको ६८ औं मिनेटमा ओलिभर जिरोउले गरे। अब दोस्रो लेगको खेल १८ मार्चमा चेल्सीको मैदानमा हुनेछ।