जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार

जर्जियाली वपक्षी दलको मुख्यालयबाट प्रमुख विपक्षी दलका नेतालाई प्रहरीले पक्राउ गरेको छ।

प्रमुख विपक्षी दल युनाइटेड नेशनल मुभमेन्टका नेता निका मेलियालाई दलको कार्यालयमै पुगेर प्रहरीले पक्राउ गरेको हो।

त्यस क्रममा दलका नेता कार्यकर्ता र सुरक्षाकर्मीबीच झडपसमेत भएको सरकारी अधिकारीले बताएका छन्। प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्याससमेत चलाएको थियो।

विपक्षी नेताको पक्राउपछि गत वर्ष सम्पन्न भएको भनिएको विवादित संसदीय निर्वाचनपछि जारी राजनीतिक सङ्कटलाई अझ गम्भीर बनाउने अनुमान अधिकारकर्मीहरूले गरेका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजनमा देखिएका प्रत्यक्ष दृश्यमा जर्जियाको प्रमुख विपक्षी गठबन्धन, ‘युनाइटेड नेशनल मुभमेन्ट’, का नेता निका मेलियालाई दलको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर हिरासतमा लगिएको देखिएको छ।

अन्य सम्बन्धित समाचार:  भारतको तमिलनाडुमा जारी लकडाउन ३१ मार्चसम्म थप