काठमाडौं। नेपालमा फेरी पश्चिमी वायूूको आंशिक प्रभाव देखिएको छ। आज विहान प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ररहेको छ भने अन्य भू–भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ जल तथा मौसम विञान विभागले जनाएको छ।
प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्ह्तिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ। विभागका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातका साथै मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।