भारत र इंग्ल्याण्डको तेस्रो टेस्ट क्रिकेट आजदेखि

भारत र इंग्ल्याण्डबीचको तेस्रो टेस्ट क्रिकेट आजदेखि सुरु हुँदैछ। खेल भारतको अहमदाबादमा दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ। यो खेल रातीसम्म चल्नेछ।

भारत भ्रमणमा रहेको इंग्ल्याण्डले रात दिन हुने ‘डे नाइट टेस्ट खेल्न लागेको हो। यसअघि भएका दुई टेस्ट दिनमा मात्रै भएका थिए। चार खेलको सिरिजमा दुवै टिमले एक-एक खेल जितेका छन्।

आजदेखि सुरु हुने तेस्रो टेस्टलाई सिरिज जित्ने टेस्ट मानिएको छ। घरेलु मैदानमा बलियो मानिने भारतलाई रोक्न इंग्ल्याण्डलाई चुनौति छ। पहिलो टेस्ट इंग्ल्याण्डले जित्दा दोस्रो टेस्टमा भारतले जित हात पारेको थियो।

अन्य सम्बन्धित समाचार:  सातदोबाटो पहिलोपटक ए डिभिजनमा उक्लियो