लाजियोमाथि वायर्न म्युनिकको जित

च्याम्पियन्स लिग फूटबलमा साविक विजेता वायर्न म्युनिकले प्रभावशाली जित हात पारेको छ। मंगलबार राती भएको अन्तिम १६ अन्तर्गतको पहिलो लेगको खेलमा वायर्नले लाजियोमाथि ४-१ गोलको शानदार जित हात पारेको हो।

वायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्की, जमाल मुसिएला र लेरायो सानेले गोल गरे। लाजियोका फ्रान्सिस्को एकार्बीले आत्मघाती गोल गरे।

जितसँगै वायर्न क्वाटरफाइनल पुग्ने निश्चित जस्तै छ। गएको सिजनमा पीएसजीलाई हराउँदै पोर्चुगलको लिस्बोनमा वायर्नले उपाधि जितेको थियो।

अन्य सम्बन्धित समाचार:  रोमाञ्चक जितसँगै बार्सिलोना फाइनलमा