काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका हुन्।
‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छु थापाले लेखेका छन् ‘तत्काल राजीनामा दिनुहुने छैन।’ त्यस्तै थापाले संसद् पुनस्स्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएको उल्लेख गरेका छन्। ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ। र, कार्यान्वयन गर्नुपर्छु थापाले लेखेका छन् ‘यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।’
ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरे पनि उक्त निर्णय मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेको थियो।
सर्वाेच्च अदालतले गरेकाे फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा…
Posted by Prime Minister’s Press Advisor on Tuesday, February 23, 2021