प्रचण्ड-माधव पक्षले विजय जुलुस निकाल्दै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल पक्षले बुधबार विजय उत्सव निकाल्ने भएको छ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको रिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको निर्णय मंगलबार सर्वोच्च अदालतले बदर गरेपछि उक्त पक्षले बुधबार देशभर विजय जुलुस निकाल्ने भएको हो।

काठमाडौंमा बुधबार मध्यान्ह १२ बजे जम्मा भएर विजय जुलुस निकाल्ने तयारी प्रचण्ड–माधव समूहले गरेको छ।

जिल्लाहरुमा विजय जुलुसका लागि सदरमुकाम तथा मुख्य शहरहरुमा हुनका लागि नेता कार्यकर्ताहरूलाई आह्वान गरिएको छ।

मंगलबार सर्वोच्चको फैसला आएपछि प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताहरुले देशभर दीपावली गरेका थिए।

अन्य सम्बन्धित समाचार:  सरकार परिवर्तन हुँदैनः पार्वत गुरुङ