पुष ५ पछिका सबै राजनीतिक नियुक्ति खारेज हुने

काठमाडाै‌।सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभाको विघटन बदर गरेसँगै पुस ५ पछिका सबै राजनीतिक नियुक्ति खारेज हुने भएको छ।

सरकारले प्रतिनिधिसभाको विघटन पछि विभिन्न राजनीतिक नियुक्ति गरेको थियो। संबैधानिक नियुक्ति पनि प्रकृया संगत भएका थिएनन्।

सरकारले अख्तियारका प्रमुख र एक आयुक्त, निर्वाचन आयोगका दुइ जना आयुक्तहरूलाइ  संसद बिघटन भएकाले  संसदीय सुनवाइ नगरी नियुक्ति गरेको थियो।

पुष ५ अघि नियुक्त भएपनि उनीहरूको नियुक्ति खारेजी हुने पक्का भएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  देउवासँग मिलेर संयुक्त सरकार बनाउन प्रचण्ड र माधवको प्रस्ताव