सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज बुधवार पनि दुई खेल हुँदैछन्। पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लब तथा दोस्रो खेलमा श्री कुमारी क्लब र श्री भगवती क्लबबीच प्रतिष्पर्धा हुनेछ।
बाँसवारी र टुसालबीचको खेल मध्यान्ह सवा १२ बजे शुरु हुनेछ भने श्री कुमारी र श्री भगवतीबीचको खेल अपरान्ह साढे ३ बजे शुरु हुनेछ। दुबैखेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।
कोरोना भाइरसका कारण गत वर्षबाट स्थगित लिग सोमवारबाट पुन: शुरु भएको हो। हिजो भएको खेलमा नयाँ बस्ती र खुमलटार विजयी भएका थिए।