चितवनको कार्यक्रम छाडेर काठमाडौं आउँदै प्रचण्ड र माधव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका दुई अध्यक्ष चितवनबाट काठमाडौँ फर्किंदै छन्।

प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेसँगै मंगलबार साँझ चितवन पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल भरतपुरमा आयोजित विरोध सभा छाडेर काठमाडौं आउन लागेका हुन् ।

संसद विघटन बिरूद्ध भरतपुरमा आयोजित विरोध सभालाई बिजय जुलुसमा परिणत गर्न दुवै नेताले स्थानिय पार्टी कमिटीलाई निर्देशन दिएका छन्।

चितवनबाट काठमाडौं आउने बुद्ध एयरको पहिलो उडानमार्फत नेताद्वय राजधानी फर्किंदै छन्। आज मध्यान्ह काठमाडौंको शान्तिबाटिकामा आयोजित सभालाई दुवै नेताले सम्बोधन गर्दैछन्।

आजै उक्त सामूहले आफु पक्षिय सांसदहरुलाई समेत छलफलका लागि बोलाएको छ।

अन्य सम्बन्धित समाचार:  सर्वोच्च अदालतको फैसला सामान्यः प्रधानमन्त्री ओली