काठमाडौँ। आगामी रणनीति तय गर्न नेकपा ओली पक्षको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरिदिएपछि अब के गर्ने ? भन्ने विषयमा ओली पक्षको स्थायी कमिटी बैठकमा छलफल हुने जनाइएको छ।
बैठकमा प्रधानमन्त्री ओलीसँगै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि छन् । खासगरी नेम्वाङले दिएको सुझावको बेवास्ता गर्दै ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए।