आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

पाैने

पोखरा। पोखराबाट आफ्नै बाबुको हत्या आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनकै छोरा ३४ वर्षीय रामकृष्ण कामीलाई रहेका जनाइएको छ।

फागनु ९ गते राति बाबु छोरा बीच विवादभई झगडा हुँदा छोरा रामकृष्णले ढोकामा लगाउने चारपाटे काठको आग्लो प्रहार गरी हत्या गरेको प्रारम्भीक बयानबाट खुल्न आएको छ।

प्रहरीका अनुसार बाबुको हत्यामा संन्लग्न रामकृष्णलाई पक्राउ गरी अनुसन्धान थप अनुसन्धान भइरेहेको छ।

अन्य सम्बन्धित समाचार:  कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते