कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्दै प्रचण्ड–माधव

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ताको तयारीमा छन्।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा जुटेको प्रचण्ड–माधव पक्षले सरकारको समीकरण बनाउन देउवासँग भेट्न लागेको स्रोतले जनाएको छ।

प्रचण्ड–माधवसँग छलफलको तयारी भए पनि समय तय भइनसकेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा गर्न लागिएको ओली पक्षको सभा स्थगित