देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड र माधव

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका छन्।

आज दिउँसो प्रचण्ड र मधवकुमार नेपाल बुढानीलकण्ठस्थित उनको निवासमा पुगेका जनाइएको छ। उनीहरुबीच सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछिको अवस्थाबारे छलफल भएको छ।