भागरथी बलात्कारपछि हत्या प्रकरणः आरोपीलाई ५ दिन म्याद थप

काठमाडौं। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई मंगलबार अदालतमा प्रहरीले हाजिर गराएको छ।

अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको ५ दिनको म्याद सकिएपछि थप गर्न अदालत लगिएको जनाइएको छ। भट्टविरुद्ध अनुसन्धानका लागि थप ५ दिन म्याद अदालतले दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताएका छन्। हाल प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधारहरु खोज्दै अनुसन्धान गरिरहेको छ।

विद्यालयबाट २१ माघमा घर नफर्किएपछि भट्टको खोजी सुरु भएको थियो। भोलिपल्ट उनको शव सडकबाट ३० मिटर पर झाडीमा भेटिएको थियो।