काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा भर्खरै सुरु भएको हो।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम बदर गरेपछि आगामी रणनीति बनाउन बैठक बसेको जनाइएको छ।