सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। प्रचण्ड–माधव पषका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँगको भेटपछि देउवाले पदाधिकारी उक्त बैठेक बोलाएका हुन्।

पदाधिकारी बैठक बिहीबार अपरान्ह ३ बजे केन्द्रिय समितिको कार्यालय सानेपामा बस्ने जनाइएको छ। बैठकमा बैठकमा प्रतिनिधि सभा पुनस्र्थापना भएपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।