डा. गोविन्द केसीको अनसन स्थगित

काठमाडौं। डा. गोविन्द केसीले घोषणा गरेको अनसन स्थगित गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै डा. केसीले तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले आजदेखि गर्ने भनेको अनसन स्थगित गरेको बताएका छन्।

डा. केसीले अनसन स्थगित गरेपनि आफूसँग विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएसम्म सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान पनि निरन्तर रहने जानकारी दिएका छन्।