पशुपतिमा १०८ किलोको सुनको जलहरी राखियो

काठमाडौं। पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ। बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पुजा गरेपछि सुनको जलहरी राखिएको जनाइएको छ। गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए।

पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको हो। १ सय ८ किलोको सुनको जलहरी राख्नका लागि ८० करोड रुपैँया खर्च भएको कोषले जनाएको छ।