नेकपाको खुशीयाली सभा: अब मुलुक संविधानबाट चल्छ

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठह¥याउँदै पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ। राजधानीको शान्तिवाटिकामा भेला भएको जनसमुदायले सरकारको असंवैधानिक कदम न्यायालयले सच््याएको जनाउँदै खुशीयाली साटासाट गरेको थियो। सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो।

सरकारको सिफारिशमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो। प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपालगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए।शान्तिवाटिकामा भेला भएका नेकपाका नेता कार्यकर्ताले जुलुससहित नगर परिक्रमा गरेका थिए। जुलुसमा नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाल र जनार्दन शर्मा, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, हिमाल शर्मालगायतको सहभागिता थियो। जुलुसपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो।

“अब मुलुक संविधान र संविधानबाट चल्छ, सर्वोच्चबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले पनि खेलाँची गर्न सक्दैन भन्ने ऐतिहासिक फैसला भएको छ”, नेत्री भुसालले भनीन्। विश्वकै उत्कृष्ट समाजवादी नमूना स्थापना गर्न अब आफूहरूको ध्यान केन्द्रित हुने बताउँदै उनले जनताको न्याय, समानता र मुक्तिको अभियानलाई पूरा गर्न आफूहरूलागिपर्ने प्रतिबद्धता व्यक्त गरीन। नेकपाले प्रतिनिधिसभा पुनःस्थापनाको खुशीयालीमा देशभर जनसभाको आयोजना गरेको छ।