देशभर थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म देशभर २ लाख ७३ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ७१ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर १ हजार ५५५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

साथै आज देशभर १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म देशभर २ हजार ६६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।