छलफलपछि मात्र राजीनामाबारे निर्णय हुन्छः ओली

काठमाडौं। सत्तारुढ नेकपाको ओली पक्षले सर्वोच्चको फैसलालले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने निष्कर्ष निकालेको छ। प्रतिनिधि सभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने तर त्यो फैसलाले मुलुकलाई राजनीतिक अस्थिरता तर्फ धकेल्ने प्रकारको भएको ओली पक्षको निर्णय छ। प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुसँग परामर्श गरेपछि राजीनामा दिने या नदिने टुंगोमा पुग्ने सहमति बनेको छ।

विभिन्न राजनीतिक दल र विज्ञहरुसँग प्रधानमन्त्रीले छलफल गर्ने अनिमात्र राजीनामा दिने तयारी रहेको बताइएको छ। राजीनामा दिएर पनि लामो समयसँम्म नयाँ प्रधानमन्त्री बन्न नसकेर कामचलाउ सरकारले काम गरेको विगतलाई मध्येनजर राखेर छलफलपपछि मात्र राजीनामाबारे निश्कर्षमा पुग्ने ओली पक्षले स्पष्ट पारेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। राजनीतिक परिस्थिति र आगामी दिनमा आफूहरु कसरी अघि बढ्ने भन्दै बैठकमा छलफल भएको एक नेताले जानकारी दिए।