पशुपतिमा जलहरी राखिसकेपछि सर्वोच्चले भन्यो–जलहरी नराख्नू

काठमाडौं। पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिसकेपछि सर्वोच्च अदालतले जलहरी नराख्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता निकिता ढुंगानाले दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले यस्तो आदेश दिएको जनाइएको छ।

बुधबारमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरेपछि सुनको जलहरी राखिएको थियो। सुनको जलहरीका लागि सरकारले ३० करोड दिएको थियो भने अन्य रकम पशुपति क्षेत्र विकास कोषले खर्च गरेको थियो। जलहरी राख्न एक अर्ब आठ करोड खर्च भएको कोषले जनाएको छ।