सर्वोच्च अदालतको फैसला सामान्यः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य भएको बताएका छन्।

काठमाडौंमा आज नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसला सामान्य भएको भन्दै आफूलाई कुनै असर नगर्ने उल्लेख गरे।

‘यो सामान्य कुरा हो,’ उनले भने, ‘अहिलेको सरकार छ । सरकार रहन्छ। विकासको कुरा अगाडि बढिरहेको छ। अगाडि बढ्छ ।’

प्रधानमन्त्रीले अदालतको फैसलापछि केही नेताहरुले लड्डु खाएको प्रसंग उल्लेख गर्दै त्यस्तो खुसियाली साट्नुपर्ने कारण नभएको जिकिर गरे।