म्यानचेस्टर सिटीको सहज जित

इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सहज जित हात पारेको छ।

बुधबार राति भएको लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २-० गोलले पराजित गरेको हो।

हंगेरीको पुस्कास एरिनामा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे।

सिटी र मन्छेनग्लाडबाखबीचको दोस्रो लेग मार्च १६ मा सिटीको मैदानमा हुनेछ।