कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडाैं।  प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

कांग्रेसले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएको हो। दिउसो ३ बजे बस्ने बैठकमा पार्टीका पूर्वपदाधिकारीलाई समेत बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

मुख्य सचिव पौडेलका अनुसार कांग्रेस पदाधिकारी बैठकमा संसद् पुनःस्थापनाको राजनीतिक घटनाक्रम, भावी रणनीति र नेकपा (दाहाल–नेपाल) समूहको प्रस्तावबारे छलफल हुनेछ। १२ फागुनमा कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठ पुगेका नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सत्ता साझेदारीका लागि प्रस्ताव गरेका थिए।

त्यहि प्रस्तावमाथि छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बोलाइएको हो। जसमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ। सरकार गठनमा कांग्रेस निर्णायक रहेको छ।