नयाँ सत्ता समीकरण: ओलीलाई बिदा गरि पार्टीबाटै प्रधानमन्त्री चुन्न प्रस्ताव 

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यष वामदेव गौतमले पार्टी भित्रेबाट नयाँ प्रधानमन्त्री बनाउन र केपी ओलीलाई प्रधानमन्त्रीबाट स सम्मान विदा गर्न प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णय सर्वोच्च अदालतले वदर गरिदिएपछि नयाँ सत्ता समिकरणको तयारी शुरु भएको छ।बिहबिार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले सो प्रस्ताव राखेका हुन्।

गौतम निकट नेता ताज मोहम्मद मियाका अनुसार प्रचण्डलाई भेट्न गौतम बिहान सात बजे खुमलटार पुगेका थिए। उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो।

प्रचण्डसँगको भेटमा गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताएको मियाले बताए।

नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका छन्। उनले बुधबारमात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए।