नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली समूहको सथायी कमिटी बैठक सथगित भएको छ।

प्रतिनिधि सभा पुनःस्थापना भएपछि बुधबार नेकपा स्थायी कमिटी बैठक बसेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिहीबार बस्ने गरी टुङ्गिएको थियो। तर, आजको बैठक भने स्थगित गरिएको नेकपाले जनाएको छ।

गृहकार्य गर्नु पर्ने भएकाले स्थायी कमिटी बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।

बुधबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको थियो। त्यस्तै, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको थियो।