प्रचण्ड-नेपाल समूहका नेताहरुलाइ भेट्न जसपा नेताहरु पेरिसाँडामा

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई भेट्न जनता समाजवादी पार्टीका नेताहरु पेरिसडाँडा पुगेका छन्।

नेकपाको प्रचण्ड-नेपाल समूहले नै विभिन्न राजनीतिक दलहरूसँग छलफल र संवाद अघि बढाइरहेको छ। आज जसपा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन्।

दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल भेटवार्तामा सहभागी भएका छन्।

अहिले नेताहरूबीच पेरिसडाँडामा छलफल भइरहेको छ।

फागुन ११ मा सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला गरेपछि हिजोदेखि राजनीतिक दलहरूबीच छलफलले तीव्रता पाएको हो।